ad ad

ग्लोबल


बेलायतमा संकटकालको घोषणा, देशभर लकडाउन

बेलायतमा संकटकालको घोषणा, देशभर लकडाउन

प्रजय शुक्ल
चैत ११, २०७६ मंगलबार ८:५५,

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसको प्रकोप तीब्र गतिमा फैलन थालेपछि संकटकालको घोषणा गर्दै बेलायतभरी लकडाउन गरेका छन्।

प्रधानमन्त्री जोनसनले सोमबार साँझ टेलिभिजन सम्बाेधन मार्फत कोरोनाभाइरस फैलन नदिन आम बेलायतबासीहरुलाई घरमै बस्न आग्रह गरेका छन्। उनले सम्बोधनका क्रममा यो संकटकाे घडीमा सरकारको निर्देशन उल्लंघन गरे प्रहरीले बल प्रयोग गर्न सक्ने पनि जनाए।

दुईजना भन्दा बढी व्यक्ति सार्वजनिक जमघट गर्न पनि प्रतिबन्धित गरिएका उनले जनाए। प्रधानमन्त्री जोनसनले आफनो सम्बोधनमा निम्न परिस्थिमा मात्र बाहिर निस्न सकिने बताए।

१) खाद्यसामग्री या औषधि खरिद गर्नका लागि, २) अत्यावश्यक सेवाका काममा जानका लागि, ३) दिनको एकपल्ट शारीरिक व्यायामका लागि खुला ठाउँमा एक्लै वा एकैघरको परिवारका सदस्यका साथ निस्कन सकिने, ४) औषधि प्रयोजन वा जोखिममा रहेकाहरूलाई मद्दत गर्नका लागि मात्र।

उनले अनावश्यक चीजहरू खेल पार्क, मैदानहरू, आउटडोर जिमहरू, र पूजाआजा गर्ने ठाउँहरू पनि बन्द गर्न निर्देशन दिइएका छन्। यस अघि नै बेलायतमा सबै विद्यालय, युनिभरसिटी, रेष्टुरेन्ट, बार, क्याफे, थिएटर र सिनेमा हलहरु बन्द गरिसकिएको थियो।

बेलायतमा हालसम्म कारोना भाइरसका कारण ६ हजार ६ सय मानिस संक्रमित भएका छन् भने ३ सय ३५ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .