युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशलाई सहभागी नगराई युक्रेन युद्ध अन्त्यका विषयमा अमेरिका र रुसबीच भएको वार्ताप्रति तीव्र असन्तुष्टि जनाएका छन्।
जतिबेला साउदी अरेबियामा अमेरिका र रुसी विदेशमन्त्रीहरूबीच वार्ता भइरहेको थियो, त्यतिबेला उनी टर्कीमा थिए।
‘हामी चाहन्छौँ कि सबै कुरा पारदर्शी होस्, कसैले पनि हाम्रो पछाडि केही निर्णय नगरोस्...हामीलाई रुस-अमेरिका वार्तामा आमन्त्रण गरिएको थिएन’, उनले पत्रकारहरूसँग भने, ‘अरू सबैजस्तै, यो हाम्रो लागि पनि आश्चर्यको कुरा थियो। हामीले मिडियाबाट यसबारे थाहा पायौँ।’
संयुक्त राज्य अमेरिकासँगको रक्षा ग्यारेन्टीको मुद्दामा थप प्रगति र यो वार्तामा युक्रेनका अतिरिक्त युरोपेली संघ, टर्की र बेलायत पनि सहभागी हुनुपर्ने उनको भनाइ छ।
उनले युक्रेनले कुनै पनि हालतमा रुसले कब्जा गरेको क्षेत्रलाई मान्यता नदिने बताए।
उनले भने, पूर्व हाम्रो हो, क्रिमिया हाम्रो हो र ती सबै सहर र गाउँ हाम्रा लागि महत्त्वपूर्ण छन्।
जेलेन्स्कीले यस हप्ता गर्ने भनेको साउदी अरेबियाको भ्रमण मार्च १० सम्म स्थगन गर्ने पनि बताए।
Shares

प्रतिक्रिया