कोशी


गाडी चोरेर भाग्दाभाग्दै सकियो तेल, अनि परे प्रहरीको फन्दामा

गाडी चोरेर भाग्दाभाग्दै सकियो तेल, अनि परे प्रहरीको फन्दामा

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १४:१२, विराटनगर

विराटनगरमा रहेको एक शोरुमबाट कार चोरी भएको  छ। कारको ढोका फुटाएर चोरिएको कार सुनसरीको छिटाहाबाट नियन्त्रणमा लिइएको हो।  

ढोका फुटाएर फोडेर गाडी चोरेर भागेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।  

विराटनगरको एयरपोर्ट मोडको पूजा इन्टरनेट प्रालिको कार राति करिब २ बजेतिर चोरी भएको प्रहरीले जनाएको छ। चाबी घर्रामा राखिएको अवस्थामा त्यही चाबी लिएर चोरले गाडी लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमरियाले जानकारी दिए। 

शोरुम काठमाडौँको शाखा भएकोसमेत प्रहरीले जनाएको छ। चोरी भएको गाडी  तेल सकिएर रोकेर राखिएको अवस्थामा नेपाल भारत सीमा क्षेत्र सुनसरीको छिटाहाबाट  नियन्त्रणमा लिएको एसपी चिमरियाले बताए ।  चोरीमा संलग्न विराटनगर-४ का एक युवा रहेको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad