ग्लोबल


सिरियामा नयाँ सरकार गठनको तयारी

सिरियामा नयाँ सरकार गठनको तयारी

सिरियाका विदेशमन्त्री असद अल शैबानी


नेपालखबर
माघ ३०, २०८१ बुधबार २१:४६, दमास्कस

सिरियाका विदेशमन्त्री असद अल शैबानीले सिरियामा मार्चमा नयाँ सरकार गठन हुने बताएका छन्।

बुधबार उनले भने, ‘नयाँ सरकारले सिरियाली जनसङ्ख्याका सबै वर्गहरूको प्रतिनिधित्व गर्नेछ।’ 

‘सबै सिरियालीले यो परिवर्तनमा भूमिका खेलेका थिए। हामी कुनै पनि परिवर्तनका साथ आउने चिन्ताहरू बुझ्दछौँ र हामी हाम्रा जनतामा विश्वास जगाउन काम गरिरहेका छौं,’ उनले थपे।

उनका अनुसार नयाँ संविधानले सबै नागरिकका लागि मार्गनिर्देशन ढाँचाका रूपमा काम गर्नेछ।

अल–शैबानीले सिरियाको नयाँ नेतृत्वलाई पश्चिमी प्रतिबन्ध हटाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।

‘हरेक आर्थिक विज्ञले हामीले सामना गरिरहेको संकट बुझ्दछ।’

राज्यका पुनर्निर्माणमा समय लाग्ने भए पनि प्रारम्भिक प्रगति भएको उनले बताए।

‘बजारहरू फेरि खुलेका छन्। विश्वविद्यालय पुनः सञ्चालनमा छन् र कर्मचारीहरू काममा फर्केका छन्।’

‘एक वर्षमा सिरियाले संसारलाई पुनः परिभाषित गर्नेछ। पाँच वर्षमा, यहाँ हामीले हासिल गरेको प्रगतिको बारेमा कुरा गर्नेछौं,’ उनले भने। 

अल–शैबानीले छिमेकी जोर्डनसँग सिरियाको सम्बन्ध सुदृढ भएको र इराकी पक्षको निमन्त्रणामा कूटनीतिक वार्ताका लागि छिट्टै बग्दाद जाने बताए। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad