कारोबार


भन्सारमा महेश भट्टराई, आन्तरिक राजस्वमा मदन दाहाल : अर्थका सहसचिवको जिम्मेवारी व्यापक हेरफेर

भन्सारमा महेश भट्टराई, आन्तरिक राजस्वमा मदन दाहाल : अर्थका सहसचिवको जिम्मेवारी व्यापक हेरफेर

नेपालखबर
माघ ३०, २०८१ बुधबार २१:४९, काठमाडौँ

अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ।  

महेश भट्टराई भन्सार विभागको महानिर्देशक भएका छन् भने मदन दाहाल आन्तरिक राजश्व विभागको महानिर्देशक भएका छन्।

सोमबार मन्त्रिपरिषद् बैठकले १७ सहसचिव सरुवा गरेको थियो। जसमा अर्थका ४ सहसचिव बाहिरिएका थिए भने ३ अर्थमा आएका थिए। मन्त्रालयमै रहेका भट्टराई र दाहाल महत्वपूर्ण विभागको प्रमुख भएका छन्।

त्यसबाहेक थान प्रसाद पंगेनीलाई प्रशासन महाशाखा, शोभाकान्त पौडेल आर्थिक नीति विश्लेषण महाशाखा, महेश आचार्य सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र,  तिर्थराज चुवाल उपमहानिर्देशक, आन्तरिक राजस्व विभाग, सेवन्तक पोखरेल वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, पार्वती अर्याल भन्सार जाँचपास पछीको परीक्षण कार्यालय प्रमुखको जिम्मेवारी पाएकी छन्।

त्यसैगरी, महेश बराल वित्तिय संघीयता समन्वय महाशाखा, यमुना प्रधान सहमहालेखा नियन्त्रक महालेखा नियन्त्रक कार्यालय, गोपी कृष्ण कोइराला सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, अमृत लम्साल भन्सार विभाग उपमहानिर्देशक, श्याम प्रसाद भण्डारी योजना अनुगमन तथा मूल्यांकन महाशाखा, श्रीचन्द्र शाह आन्तरिक राजश्व विभागको उपमहार्दिशकको जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad