युक्रेनी सेनाले फ्रान्स र नेदरल्यान्डसबाट थप लडाकु विमान पाएको छ। जसले रुसविरुद्धको उसको लडाइँमा सहयोग पुग्ने बताइएको छ।
युक्रेनलाई फ्रान्सले मिराज र नेदरल्यान्ड्सले एफ–१६ लडाकु जेट दिएका हुन्। तर कतिवटा विमान उनीहरूले दिएका हुन् भन्ने खुलाइएको छैन।
युक्रेनी पाइलटहरू फ्रान्समा आएर महिनौँ तालिम लिएपछि ती विमान लिएर गएका हुन्। फ्रान्सेली रक्षामन्त्री सेबास्टियन लेकोर्नुले यसको पुष्टि गरेका छन्।
युक्रेनी रक्षामन्त्री रुस्तम उमेरोवले यसबाट युक्रेनी आकाश थप सुरक्षित हुने बताएका छन्।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोँलाई धन्यवाद दिएका छन्।
अमेरिकामा निर्मित एफ–१६ भन्दा मिराज लडाकु विमान छिटो उड्न सक्छ। त्यस्तो लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र प्रक्षेपणमा पनि यो विमान प्रयोग हुन सक्छ।
युक्रेनले लामो प्रतीक्षापछि गत बर्खामा पहिलोपटक नेदल्यान्ड्स, डेनमार्क र अमेरिकाबाट एफ–१६ लडाकु विमान प्राप्त गरेको थियो।
त्यसमध्ये २ वटा एफ–१६ उसले गुमाइसकेको बताइएको छ। एजेन्सी
Shares

प्रतिक्रिया