ग्लोबल


गाजा कब्जा गर्ने ट्रम्पको योजनाको संसारभरिबाट विरोध

गाजा कब्जा गर्ने ट्रम्पको योजनाको संसारभरिबाट विरोध

नेपालखबर
माघ २३, २०८१ बुधबार १८:२९,

प्यालेस्टिनीहरुलाई निकालेर गाजापट्टी कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको संसारभरबाट विरोध भएको छ। अरब संसार, अमेरिकाका सहयोगी मुलुक तथा रुस र चीनजस्ता मुलुकले पनि उनको आलोचना गरेका छन्।

मंगलबार इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँगको पत्रकार सम्मेलनमा उनले प्यालेस्टिनीहरु सो ठाउँ छाडेर अन्यत्र जान इच्छुक रहेको दाबी गर्दै त्यहाँ अमेरिकाले कब्जा जमाउने बताएका थिए।

हमासले ट्रम्पको भनाइ हास्यास्पद रहेको भन्दै त्यस्तो जातीय नरसंहारले सो क्षेत्रमै आगो लगाउन सक्ने चेतावनी दिएको छ। 

प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले पनि त्यस्तो योजनालाई सोझै खारेज गरिने बताए। 

सो क्षेत्रको शक्तिशाली मुलुक साउदी अरबको विदेश मन्त्रालयले पनि प्यालेस्टिनी जनतालाई विस्थापित गर्ने प्रयास अस्वीकार गर्ने बताएको छ। प्यालेस्टिनी राज्य स्थापना नभई आफूले इजरायलसँग सम्बन्ध सामान्यीकरण नगर्ने सो मुलुकको भनाइ छ।

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोवले पनि वेस्ट ब्यांक कब्जा गर्ने अनि गाजाबाट प्यालेस्टिनीहरुलाई विस्थापित गर्ने इजरायली योजनालाई रुसले खारेज गर्ने बताए।

चिनियाँ विदेश मन्त्रालयले पनि यसको विरोध गरेको छ।

त्यस्तै, टर्की, फ्रान्स, बेलायत, ब्राजिल र अस्ट्रेलियाले पनि ट्रम्पको योजनाको विरोध गरेका छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad