ग्लोबल


अमेरिकी विमान दुर्घटना: खतरनाक अवस्था भन्दै गोताखोरले रोके शव खोजी

अमेरिकी विमान दुर्घटना: खतरनाक अवस्था भन्दै गोताखोरले रोके शव खोजी

घटनास्थल


नेपालखबर
माघ १८, २०८१ शुक्रबार १०:१२, काठमाडौँ

अमेरिकामा बुधबार राति आपसमा ठोकिएर विमान र हेलिकप्टर खसेको नदीमा जारी शव खोजी रोकिएको छ। 

विमानका ६४ र सैन्य हेलिकप्टरका ३ गरी दुर्घटनामा परेका ६७ जनामध्ये अहिलेसम्म ४० भन्दा बढी मात्र शव फेला परेको छ।   

विमान खसेको पोटोम्याक नदीको पानी अत्यन्तै चिसो भएकाले उद्धार तथा खोजीमा कठिनाइ भइरहेको समाचार आइरहेका बेला उद्धार टोलीले ‘खतरनाक अवस्थाका कारण’ काम रोकेका हुन्।     

सीबीएस न्युजका अनुसार गोताखोरहरूले सुरक्षित रूपमा पुग्न सकिने सबै ठाउँमा खोजी सकिएको बताएका छन्। 

अब नदीमा दुर्घटनाग्रस्त विमानका भग्नावशेष हटाइएपछि र अवस्था सुरक्षित भएपछि पुनः काम सुरु गर्ने उनीहरूले बताएका छन्।

बुधबार राति कान्सासबाट वासिङ्टन आउँदै गरेको बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अगाडि बढ्दै गर्दा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरले ठक्कर दिँदा दुवै पोटोम्याक नदीमा खसेर दुर्घटनाग्रस्त भएका थिए। 

विमानमा चालक दलसहित ६४ जना थिए भने हेलिकप्टरमा ३ सैनिक थिए। दुर्घटनामा सबै जनाको मृत्यु भएको निष्कर्षमा अमेरिकी अधिकारीहरू पुगेका छन्। 

यद्यपि अहिलेसम्म ४० भन्दा बढी शव मात्र निकालिएको सीएनएनले जनाएको छ। दुर्घटनामा मृत्यु भएकाहरूमा २ जना चिनियाँ नागरिक पनि रहेको चीनको सञ्चारमाध्यमले जनाएको छ। 

यसैबीच दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ। जसले दुर्घटना कारण खोल्न सक्ने अपेक्षा गरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad