ग्लोबल


हेलिकप्टरसँग ठोकिएको विमानको ‘ब्ल्याक बक्स’ भेटियो, दुर्घटनाको कारण खुल्ने अपेक्षा

हेलिकप्टरसँग ठोकिएको विमानको ‘ब्ल्याक बक्स’ भेटियो, दुर्घटनाको कारण खुल्ने अपेक्षा

दुर्घटनास्थलमा खटिएका सुरक्षाकर्मी। तस्बिर : रोयटर्स


नेपालखबर
माघ १८, २०८१ शुक्रबार ८:४८, काठमाडौँ

अमेरिकामा सैन्य हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको अमेरिकी एअरलाइन्सको विमानको ब्ल्याक बक्स फेला परेको अधिकारीहरूले बताएका छन्। 

नदीमा हराइरहेका यात्रु खोजीका क्रममा विमानका फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर, जसलाई ब्ल्याक बक्स भनिन्छ, भेटिएको हो। 

बुधबार राति कान्सासबाट वासिङ्टन आउँदै गरेको बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अगाडि बढ्दै गर्दा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरले ठक्कर दिँदा दुवै पोटोम्याक नदीमा खसेर दुर्घटनाग्रस्त भएका थिए। 

विमानमा चालक दलसहित ६४ जना थिए भने हेलिकप्टरमा ३ सैनिक थिए। दुर्घटनामा सबै जनाको मृत्यु भएको निष्कर्षमा अमेरिकी अधिकारीहरू पुगेका छन्। 

यद्यपि अहिलेसम्म ४० भन्दा बढी शव मात्र निकालिएको सीएनएनले जनाएको छ। 

यसैबीच दुर्घटनामा मृत्यु भएकाहरूमा २ जना चिनियाँ नागरिक पनि रहेको चीनको सञ्चारमाध्यमले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad