ग्लोबल


थप अमेरिकी हतियार किन्न मोदीलाई ट्रम्पको जोड

थप अमेरिकी हतियार किन्न मोदीलाई ट्रम्पको जोड

नेपालखबर
माघ १५, २०८१ मंगलबार १७:५२,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई थप अमेरिकी हतियार किन्न आग्रह गरेका छन्। सोमबार दुई देशका नेताबीच फोनमा कुराकानी भएको थियो। 

रुसको हतियारमा निर्भर भारतले विस्तारै पश्चिमा मुलुकहरूबाट खरिद बढाइरहेका बेला ट्रम्पले यस्तो आग्रह गरेका हुन्। त्यस्तै मोदीले घरेलु उत्पादनमा जोड दिँदै आएका छन्।

‘भारतले अमेरिकामा निर्मित सुरक्षा उपकरण खरिद बढाउनुपर्छ र सन्तुलित द्विपक्षीय व्यापारिक सम्बन्धतर्फ अघि बढ्नुपर्छ,’ ह्वाइट हाउसको विज्ञप्तिअनुसार ट्रम्पले मोदीलाई भनेका छन्। 

सो संवादलाई अमेरिकाले उपलब्धिमूलक भनेको छ।

ट्रम्पको पहिलो कार्यकालमा उनले मोदीसँग सुमधुर सम्बन्ध राखेका थिए। चीनको प्रतिकार गर्ने अमेरिकी प्रयासमा भारत रणनीतिक साझेदार रहँदै आएको छ। तर, ट्रम्पले व्यापारका सम्बन्धमा भारतको आलोचना पनि गर्दै आएका छन्।

अमेरिका भारतको चीनपछिको दोस्रो ठूलो व्यापारिक साझेदार हो। २०२४ को जनवरीदेखि नोभेम्बरसम्म भारतले अमेरिकासँगको व्यापारमा ३५ अर्ब डलर नाफा गरेको छ। त्यसमाथि ट्रम्पले ब्रिक्स मुलुकलाई कर थोपर्ने धम्की पनि दिएका छन्।

ट्रम्पले मोदीले सम्भवतः फेब्रुअरीमा वासिङ्टन भ्रमण गर्ने जानकारी पनि दिएका छन्। यसको अर्थ, ट्रम्पसँग द्विपक्षीय वार्ता गर्ने पहिलो नेताहरूमा मोदी पनि पर्ने छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad