नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ।
नेप्सेले १० वटा कम्पनी घटाएर सूची सार्वजनिक गरेको हो। मंगलबार सार्वजनिक गरिएको सूचीमा १०२ वटा कम्पनीहरुलाई मार्जिन कारोबारका लागि योग्य मानिएका छन्।
यसअघि २०८० माघमा नेप्सेले ११२ वटा कम्पनीहरुलाई मार्जिन कारोबार गर्नका लागि स्वीकृति दिएको थियो।
मंगलबार भने १० वटा कम्पनी घटाएर १०२ वटा कम्पनीलाई मात्रै मार्जिन कारोबारको अनुमति दिएको हो। नेप्सेले नेपाल स्टक एक्सचेन्ज लिमिटेड मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि,२०७५ अनुसार सूची निकालेको हो।
120
Shares

प्रतिक्रिया