ग्लोबल


अमेरिकाले रोक्यो विदेशमा दिइने सबै प्रकारका सहयोग

अमेरिकाले रोक्यो विदेशमा दिइने सबै प्रकारका सहयोग

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
माघ १२, २०८१ शनिबार १५:११, काठमाडौँ

अमेरिकी अधिकारी र दूतावासहरूलाई पठाइएको ज्ञापनपत्र (मेमो)अनुसार अमेरिकाको विदेश विभागले यसअघि विदेशमा गरिरहेको सहयोग रोकेको छ।

चुहावट भएको यो सूचना सोमबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशपछि आएको हो। यसमा विदेश नीतिको समीक्षा नभएसम्म ९० दिनका लागि विदेशमा दिइने सबै प्रकारका सहायतामा प्रतिबन्ध लगाइएको छ।

संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहायता दाता हो। २०२३ को सरकारी तथ्यांकअनुसार, अमेरिकाले वैदेशिक सहायतामा ६८ अर्ब डलर खर्च गर्छ।

अमेरिकी विदेश विभागको यो सूचना विकास कार्यदेखि सैन्य क्षेत्रसम्म सबैतिर लागू हुनेछ।

विदेश विभागले जारी गरेको ज्ञापनपत्रमा इजरायल र इजिप्टलाई आपत्‌कालीन खाद्य सहायता र सैन्य सहायतालाई अपवादका रूपमा समावेश गरिएको छैन।

चुहावट भएको मेमो पुष्टि भएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad