ग्लोबल


कोलकाताको बलात्कार–हत्या मुद्दा : अभियुक्त सञ्जय राय दोषी ठहर

कोलकाताको बलात्कार–हत्या मुद्दा : अभियुक्त सञ्जय राय दोषी ठहर

नेपालखबर
माघ ५, २०८१ शनिबार १५:५१,

कोलकाताको आरजी कर अस्पतालमा चिकित्सकको बलात्कारपछि हत्याको घटनामा अभियुक्त सञ्जय रायलाई अदालतले दोषी ठहर गरेको छ। अदालतले सोमबार यस मुद्दामा सजाय सुनाउने छ।

अगस्टमा भएको सो घटनाले पश्चिम बंगाल र सिंगै भारतमा आक्रोश जन्माएको थियो।

९ अगस्ट २०२४ मा ३१ वर्षीया महिला डाक्टरको शव अस्पतालको कन्फ्रेन्स रुममा फेला परेको थियो। परीक्षणबाट उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो।

सो घटनापछि कोलकातामा प्रदर्शन सुरु भएका थिए। डाक्टरहरूले दुई महिनासम्म काम ठप्प पारेका थिए।

शनिबार कोलकाताको सियालदह अदालतले यसमा फैसला सुनाएको हो। न्यायाधीश अनिर्वाण दासले सीबीआईले पेस गरेको प्रमाणका आधारमा अपराध साबित हुने बताए। उनलाई भारतीय न्याय संहिताको धारा ६४, ६६ र १०३ (१) अन्तर्गत दोषी ठहर गरिएको छ।

यस मामिलामा मेडिकल कलेजका प्रिन्सिपल सन्दीप घोष र स्थानीय प्रहरी थाना प्रमुख अभिजित मण्डलविरुद्ध प्रमाण नष्ट गरेको आरोप थियो। तर, उनीहरूविरुद्ध मुद्दा दायर नभएपछि धरौटीमा मुक्त भएका छन्।

मृतक डाक्टरका अभिभावकले यसमा असन्तुष्टि जनाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad