ग्लोबल


गाजामा आइतबार बिहान ८:३० बजेदेखि युद्धविराम

गाजामा आइतबार बिहान ८:३० बजेदेखि युद्धविराम

नेपालखबर
माघ ५, २०८१ शनिबार १३:५८,

आइतबार बिहान ८:३० बजेदेखि गाजामा युद्धविराम हुने भएको छ। कतारी विदेश मन्त्रालयले सो जानकारी दिएको हो।

कतारले युद्धविराम सम्झौता गराउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। 

यसअघि शनिबार अबेर बेन्यामिन नेतन्याहुको क्याबिनेटले सो सम्झौता अनुमोदन गरेको थियो। यससँगै ४६० दिनदेखि जारी युद्ध थामिने भएको हो।

यो लडाइँमा इजरायली सेनाको हातबाट ४६ हजार ७८८ प्यालेस्टिनी मारिएका छन् भने १ लाख १० हजार ४५३ जना घाइते भएका छन्।

युद्धविराम तीन चरणको हुने छ। पहिलो चरण ६ हप्ताको हुने छ, जुन अवधिमा ३३ बन्धक छुट्ने छन्। इजरायलले पनि कैदी छाड्ने छ भने इजरायली सेना गाजाको घना आबादी भएको क्षेत्रबाट पछि हट्ने छ। 

युद्धविरामको १६ औँ दिन दोस्रो चरणका लागि छलफल सुरु हुने छ। जुन चरणमा हमासले बाँकी बन्धक छाड्ने छ भने इजरायली सेना पनि फिर्ता हुने छ।

तेस्रो चरणमा मृत बन्धकको शव फिर्ता हुने र गाजाको पुनर्निर्माणको कुरा छ, जसका लागि वर्षौं लाग्छ।

तर, बन्धकहरुको अवस्था जानकारीमा छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad