मार्क्सवादप्रति झुकाव राख्ने श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन्।
चार दिने भ्रमणमा उनी चीन पुगेका हुन्। यसअघि गत महिना उनले पद सम्हालेपछिको पहिलो विदेश भ्रमण भारतको गरेका थिए।
कठिन आर्थिक संकटबाट पार पाउन खोजिरहेको श्रीलंकाका लागि यी दुवै मुलुकको सहयोग महत्त्वपूर्ण छ। उसो त श्रीलंकामा प्रभाव जमाउन भारत र चीनबीच प्रतिस्पर्धा रहेको विश्लेषण गर्ने गरिन्छ।
त्यसैले यो भ्रमणमा दिसानायकेले यी दुई देशबीचको प्रतिस्पर्धा व्यवस्थापनको प्रयास गर्ने विश्लेषकहरूको भनाइ छ।
श्रीलंकाको राजनीतिमा राजापाक्षे परिवारको पकड रहुञ्जेल त्यहाँ चीनको हात माथिबाट रहेको विश्लेषण गरिन्थ्यो। तर, सत्ताबाट सो वंश लखेटिएसँगै भारतले वित्तीय र भौतिक सहयोगमार्फत त्यहाँ आफ्नो प्रभाव बढाएको बताइन्छ।
गत महिना दिसानायकेले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि श्रीलंकालाई भारतको हितविरुद्ध प्रयोग हुन नदिने वाचा गरेका थिए। एजेन्सी
Shares

प्रतिक्रिया