ग्लोबल


इलोन मस्कले टिकटक किन्न लागेका हुन्?

इलोन मस्कले टिकटक किन्न लागेका हुन्?

नेपालखबर
माघ १, २०८१ मंगलबार १४:२, काठमाडौँ

चिनियाँ सर्ट भिडिओ सेयरिङ एप टिकटक अमेरिकी व्यवसायी इलोन मस्कले किन्न लागेको रिपोर्ट टिकटकले खारेज गरेको छ। 

अमेरिकी प्रतिबन्धबाट बच्न चिनियाँ सामाजिक सञ्जाल कम्पनी बाइटडान्सले मस्कलाई टिकटक बेच्न लागेको खबर सार्वजनिक भएको थियो।

मस्कको माइक्रो ब्लगिङक कम्पनी एक्सलाई टिकटक बेच्ने विचार भइरहेको भनी ब्लुमबर्गले समाचार छापेको थियो।

टिकटकले भने यो समाचार कपोलकल्पित भनेको छ। 

टिकटकका प्रवक्ताले बीबीसीसँग भनेका छन्, ‘हामीबाट काल्पनिक कुरामा टिप्पणी आउने अपेक्षा नगर्नुहोस्।’

सम्भावित प्रतिबन्धविरुद्ध टिकटकले अमेरिकाको सर्वोच्च अदालतमा अपिल पनि गरेको छ। 

यस विषयको मुद्दा विचाराधीन छ। 

गएको महिना मात्र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले टिकटकको मुद्दामा फैसला ढिलाइ गर्न सर्वोच्चलाई अनुरोध गरेका थिए।  

इलोन मस्क पनि ट्रम्प सरकारमा सामेल छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad