ग्लोबल


लस एन्जलस आगलागी: मौसम सेवाको चेतावनी- हावा फेरि तीव्र हुनसक्छ

लस एन्जलस आगलागी: मौसम सेवाको चेतावनी- हावा फेरि तीव्र हुनसक्छ

अमेरिकाको लस एन्जलसमा फैलिएको आगो हेलिकप्टरबाट पानी छर्केर निभाउने प्रयास गरिँदै।


नेपालखबर
पुस २८, २०८१ आइतबार ७:३१, काठमाडौँ

अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो आवासीय क्षेत्रमा फैलिन नदिन अग्निनियन्त्रकहरूले सक्दो प्रयास गरिरहेका छन्।

पालिसेड्सको आगो रोक्न हवाई टोलीले आकाशबाट पानी छर्किरहेका छन्। प्यालिसेड्सको आगो १,००० एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र ब्रेन्टवुड तर्फ सर्दै छ।

पानी अभावका कारण जनतामा बढ्दो आक्रोश देखेर अधिकारीहरू रक्षात्मक बनेका छन्।

अहिलेसम्म आगलागीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ।

रातमा हावा तीव्र हुन सक्ने सम्भावना छ, जसले गर्दा आगो अझ फैलिनसक्छ।

बीबीसीका अनुसार अमेरिकाको नेसनल वेदर सर्भिसले शनिबार र आइतबार हावा फेरि तीव्र हुन सक्ने चेतावनी दिएको छ।

क्यालिफोर्नियाका सात छिमेकी राज्य र केन्द्रीय सरकारले आगलागी नियन्त्रण गर्न सहयोग पठाएका छन्। छिमेकी देश क्यानडा र मेक्सिकोले पनि सहयोग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad