ग्लोबल


अमेरिकामा न्यु अर्लिन्स घटनालगत्तै टेस्ला साइबरट्रकमा विस्फोट

अमेरिकामा न्यु अर्लिन्स घटनालगत्तै टेस्ला साइबरट्रकमा विस्फोट

फाइल तस्बिर: टेस्ला मालिक इलोन मस्क


नेपालखबर
पुस १८, २०८१ बिहिबार ७:३४, काठमाडौँ

अमेरिकाको लस भेगासस्थित ट्रम्प होटलबाहिर टेस्ला साइबरट्रकमा विस्फोट भएको छ।

बीबीसीका अनुसार घटनामा चालकको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

बुधबार ट्रक होटलअगाडिको सिसाको ढोकामा रोकिएको प्रहरीले जनाएको छ। त्यही क्रममा धुवाँ निस्कन थाल्यो र विस्फोट भएको थियो।

त्यसको केही घन्टाअघि मात्र न्यु अर्लिन्समा एउटा ट्रकले मानिसहरूको भीडलाई कुल्चिँदै गुड्दा १५ जनाको मृत्यु भएको थियो।

इलोन मस्कले टेस्ला साइबरट्रकमा भएको विस्फोट र न्यु अर्लिन्समा भएको घटना कुनै न कुनै रूपमा सम्बन्धित हुनसक्ने बताएका छन्।

तर अमेरिकाका राष्ट्रपति जो बाइडेनले पत्रकार सम्मेलनमा यी दुई घटनाबीच कुनै सम्बन्ध नभएको दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad