ग्लोबल


न्यु अर्लिन्समा चालकले जानाजानी भीडमा ट्रक कुदाएर १५ जना मारेको आशंका

बाइडेनले भनेः आक्रमणकारी आईएसबाट प्रभावित
न्यु अर्लिन्समा चालकले जानाजानी भीडमा ट्रक कुदाएर १५ जना मारेको आशंका

अमेरिकी राष्ट्रपति जो बाइडेन


नेपालखबर
पुस १८, २०८१ बिहिबार ८:१, काठमाडौँ

अमेरिकाको न्यु अर्लिन्सको बोर्बोन स्ट्रिटमा ट्रकले मानिसको भीडलाई किच्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ। 

यसैबीच अमेरिका राष्ट्रपति जो बाइडेनले आक्रमणकारी चरमपन्थी संगठन आईएसबाट प्रभावित भएको दाबी गरेका छन्।

बाइडेनले पत्रकार सम्मेलनमा आफूलाई अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले आक्रमणकारीले आक्रमण गर्नुअघि सामाजिक सञ्जालमा भिडिओ अपलोड गरेको जानकारी दिएको बताए। 

यसबाट ती आक्रमणकारी आईएसबाट प्रभावित रहेको र उसले नियोजित रूपमा मानिसहरू मारेको संकेत गर्ने बाइडेनको भनाइ छ। 

राष्ट्रपति बाइडेनले अनुसन्धान एजेन्सीले आरोपितसँग अरू कोही संलग्न थियो वा थिएन भनेर पनि अनुसन्धान गरिरहेको बताएका छन्।

यस विषयमा प्रहरीले चालकले जानाजानी ट्रक भीडमा हुलेको र त्यसपछि गाडीभित्रबाट गोली चलाएको बताएको छ। त्यसपछि शंकास्पद ट्रक चालकलाई प्रहरीले गोली हानेको थियो।

बीबीसीका अनुसार यसको केही घण्टापछि अमेरिकाको लस भेगासस्थित ट्रम्प होटलबाहिर टेस्ला साइबरट्रकमा विस्फोट गराइएको छ। जसमा परी चालकको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

इलोन मस्कले टेस्ला साइबरट्रकमा भएको विस्फोट र न्यु अर्लिन्समा भएको घटना कुनै न कुनै रूपमा सम्बन्धित हुनसक्ने आशंका गरेका छन्।

तर राष्ट्रपति बाइडेनले पत्रकार सम्मेलनमा यी दुई घटनाबीच कुनै सम्बन्ध नभएको दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad