ग्लोबल


भारतको होटलमा आमा र ४ छोरी मृत भेटिए, छोरा पक्राउ

भारतको होटलमा आमा र ४ छोरी मृत भेटिए, छोरा पक्राउ

आमा र चार छोरीको हत्या भएको होटल।


नेपालखबर
पुस १७, २०८१ बुधबार १३:३५, काठमाडौँ

भारतीय राज्य उत्तर प्रदेशको राजधानी लखनउस्थित एक होटलमा आज (बुधबार) आमा र उनका चार छोरी हत्या गरिएको अवस्थामा फेला परेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार लखनउस्थित होटल शरणजीतमा अरशद नामका युवकले आमा र चार बहिनीको हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार २४ वर्षका अरशदले ९ वर्षीया आलिया, १९ वर्षीया अल्सिया, १६ वर्षीया अक्सा र १८ वर्षीया रहमिनसहित आफ्नी आमाको हत्या गरेका हुन्।

अरशदलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक सोधपुछमा उनले पारिवारिक कलहका कारण हत्या गरेको बताएका छन्। 

तर पनि वास्तविकताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad