ग्लोबल


सिरियाले भन्यो- असद समर्थकको आक्रमणबाट १४ सुरक्षाकर्मी मारिए

सिरियाले भन्यो- असद समर्थकको आक्रमणबाट १४ सुरक्षाकर्मी मारिए

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०८१ बिहिबार ७:५०, काठमाडौँ

सिरियाका विद्रोही नेतृत्वको सरकारी अधिकारीहरूले पूर्वराष्ट्रपति बसर अल-असदका समर्थकहरूले गरेको आक्रमणमा गृह मन्त्रालयका १४ कर्मचारीको मृत्यु भएको बताएका छन्।

बीबीसीका अनुसार आक्रमणमा १० जना घाइते भएका छन्।

मंगलबार टार्टस बन्दरगाह नजिकै यो हमला भएको अधिकारीहरुले बताएका छन्।

रिपोर्टअनुसार सुरक्षाकर्मीहरू सिरियाको कुख्यात् सैदनाया जेलमा संलग्न एक पूर्वअधिकारीलाई पक्राउ गर्न गएका बेला उनीहरूमाथि आक्रमण भएको हो। 

असद सरकार करिब दुई हप्ताअघि सिरियामा पतन भएको थियो र अहिले विद्रोही इस्लामिक संगठन हयात अल-तहरिर (एचटीएस) को नियन्त्रणमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad