ग्लोबल


मलेसियामा ३ सवारीसाधन आपसमा ठोकिँदा ७ जनाको मृत्यु, ३३ घाइते

मलेसियामा ३ सवारीसाधन आपसमा ठोकिँदा ७ जनाको मृत्यु, ३३ घाइते

नेपालखबर
पुस ९, २०८१ मंगलबार १३:४९, क्वालालम्पुर

मलेसियामा तीनवटा सवारीसाधन एकआपसमा ठोकिँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन्। 

सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवानजिक तीनवटा सवारीसाधन ठोकिएका हुन्।  

स्थानीय सञ्चारमाध्यमका अनुसार २७ यात्रु बोकेको एउटा टुर बस, एउटा ट्रेलर र टोयोटा आपसमा ठोकिएका हुन्। 

स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा तीन पुरुष, तीन महिला र एक बालिका छन्।

दुर्घटनाका कारण राजमार्गको दुवै दिशामा १० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो।

दुर्घटनाका कारण अनुसन्धान भइरहेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad