अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका पूर्वसांसद म्याट गेट्सले आफ्नो कार्यकालमा यौन र लागुऔषध (सेक्स र ड्रग्स) मा हजारौँ डलर खर्च गरेको आरोप लागेको छ।
अमेरिकी प्रतिनिधि सभाको आचार समितिको प्रतिवेदनमा गेट्सविरुद्ध यी आरोप लगाइएको हो।
बीबीसीका अनुसार अवैध लागुऔषधसहित म्याट गेट्सविरुद्ध अन्य आरोपमा पनि अनुसन्धान गरिएको छ।
गेट्स तिनै व्यक्ति हुन्, जसलाई नवनिर्वाचित राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ताको रूपमा मनोनयन गरेका थिए।
तर विवादित भएपछि उनले महान्यायाधिवक्ता मनोनयनबाट आफ्नो नाम फिर्ता लिएका थिए।
आचार समितिले ४२ वर्षीय गेट्सले २०१८ बहामास भ्रमणका क्रममा अनुमति दिइएको सीमाभन्दा बढी उपहार लिएको प्रमाण पनि फेला पारेको छ।
तर, गेट्सले आफूलाई लागेका आरोप सधैँ अस्वीकार गर्ने गरेका छन्।
अमेरिकी कंग्रेसको इथिक्स रिपोर्टले भनेको छ, ‘गेट्सले वेश्यावृत्ति, नाबालिगहरूसँग यौन सम्बन्ध, अवैध लागुपदार्थको प्रयोग र उपहार स्वीकार गरेर सदनका नियम र आचरणका मापदण्ड उल्लंघन गरेका ठोस प्रमाण छन्।’
रिपोर्टमा उनले २०१७-२०२० को बीचमा १२ महिलालाई ९० हजार डलरभन्दा बढी भुक्तानी गरेको उल्लेख छ।
Shares

प्रतिक्रिया