भारत राजस्थानको बेहरोर जिल्लाको कोटपुतलीमा साढे ३ वर्षीया बालिका १५० फिट गहिरो बोरवेलमा खसेकी छन्।
उनलाई बाहिर निकाल्ने प्रयास जारी रहेको बीबीसी हिन्दीले जनाएको छ।
यसका लागि एनडीआरएफ र एसडीआरएफको टोली तैनाथ छन्।
यी बालिका बाबुको खेतमा खेल्दै गर्दा बोरवेलमा खसेकी थिइन्।
बालिकाकी आमा ढोली देवीले पीटीआईलाई भनिन्, ‘मेरी छोरीलाई बचाउन म सरकारलाई अपिल गर्छु।’
39
Shares

प्रतिक्रिया