डोनाल्ड ट्रम्पले मार्क बर्नेटलाई बेलायतका लागि विशेष दूत नियुक्त गरेका छन्। बर्नेट ट्रम्पले चलाएको टेलिभिजन शो द एप्रेन्टिसका निर्माता हुन्।
पूर्वसहकर्मीलाई सो भूमिकामा नियुक्त गर्न पाउनु सम्मानको कुरा भएको ट्रम्पले बताएका छन्। तर, सो पद बेलायतका लागि अमेरिकी राजदूतभन्दा अलग हो।
बेलायतका लागि राजदूतमा भने ट्रम्पले अर्बपति चन्दादाता वारेन स्टिफन्सलाई मनोनयन गरेका छन्। स्टिफन्सलाई सिनेटले अनुमोदन गर्नुपर्छ भने बर्नेटका लागि त्यो आवश्यक छैन।
बर्नेटले बनाएका टीभी कार्यक्रमहरूले १३ वटा एमी अवार्ड जितेका छन्।
६४ वर्षीय बर्नेट बेलायतमै जन्मेका हुन्। बेलायती सेनामा भर्ती भएका उनी २२ वर्षको उमेरमा १९८२ मा अमेरिका बसाइँ सरेका थिए।
द एप्रेन्टिसका अलावा सर्कट ट्यांक र सर्भाइभरजस्ता रियालिटी फर्म्याट पनि उनैले बनाएका हुन्।
बर्नेट २०१५ मा एमजीएम टेलिभिजनको अध्यक्ष बनेका थिए। एमजनले २०२२ मा सो स्टुडिओ किनेपछि उनी बाहिरिएका थिए। एजेन्सी
Shares

प्रतिक्रिया