ग्लोबल


अमेरिकाले हटायो सिरियाका नयाँ नेताको टाउकोको मूल्य

अमेरिकाले हटायो सिरियाका नयाँ नेताको टाउकोको मूल्य

सिरियाका नयाँ नेता अहमद अल-शराको सम्बन्ध अल कायदासँग छ।


नेपालखबर
पुस ६, २०८१ शनिबार १२:१९, काठमाडौँ

अमेरिकाले सिरियाका नयाँ नेता अहमद अल-शरा पक्राउ गर्न तोकेको उनको टाउकोको मूल्य हटाएको छ।

यसअघि अमेरिकाले अहमद अल-शराको सूचना दिनेलाई १ करोड डलर पुरस्कार दिने घोषणा गरेको थियो।

अमेरिकाले वरिष्ठ कूटनीतिज्ञ र हयात तहरिर अल-शामका प्रतिनिधिहरूसँगको भेटपछि उक्त निर्णय गरेको हो। अहमद अल-शरा विद्रोही समूह हयात तहरिर अल-शामका प्रमुख हुन्।

अमेरिकी सहायक विदेशमन्त्री बारबरा लिफले शरासँगको वार्ता ‘धेरै फलदायी’ भएको र सारा निकै ‘व्यावहारिक’ भएको बताएकी छन्।

सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाएपछि अमेरिकी प्रतिनिधिमण्डल सिरिया पुगेको छ।

तर अमेरिकाले अझै पनि अहमद अल-शराको संगठन हयात तहरिर अल-शामलाई आतंकवादी संगठन नै मान्छ।

हयात तहरिर अल-शामको सम्बन्ध अल कायदासँग छ, त्यसैले अमेरिकाले यसका प्रमुख अहमद अल-शराको टाउकोको मूल्य तोकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad