ग्लोबल


भाजपा मुख्यालयमा आम आदमी पार्टीको धर्ना, अरविन्द केजरीवालले मागे अमित शाहको राजीनामा

भाजपा मुख्यालयमा आम आदमी पार्टीको धर्ना, अरविन्द केजरीवालले मागे अमित शाहको राजीनामा

धर्नामा केजरीवाल


नेपालखबर
पुस ४, २०८१ बिहिबार ७:१, काठमाडौँ

बाबा साहेब अम्बेडकरबारे गरेको टिप्पणीको विरोधमा आम आदमी पार्टीका संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पार्टीका नेताहरूले दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालय बाहिर धर्ना दिएका छन्।

यस क्रममा केजरीवालले केन्द्रीय गृहमन्त्री अमित शाहलाई कडा कारबाही गर्न माग गरेका छन्।

उनले भने, ‘भारतीय जनता पार्टीको शीर्ष नेतृत्वले उनीहरू बाबा साहेब अम्बेडकरको विरुद्धमा रहेको स्पष्ट गरिसकेको छ। त्यसैले अब भाजपाका समर्थकहरूले निर्णय गर्नुपर्नेछ कि तपाईं भाजपामा हुनुहुन्छ कि बाबा साहेब अम्बेडकरको साथमा हुनुहुन्छ।’

उनले थपे, ‘हामी अमित शाह जी विरुद्ध कडा भन्दा कडा कारबाही गर्न माग गर्दछौँ ताकि जनताको आक्रोश कम होस्।’

अम्बेडकर आफूजस्तै देशका करोडौँ जनताको आदर्श भएको उल्लेख गर्दै केजरीवालले गृहमन्त्री अमित शाहले बाबा साहेबको अपमान गरेर देशका करोडौँ जनताको भावनामा चोट पुर्‍याएको टिप्पणी गरेका छन्। 

मंगलबार राज्यसभामा संविधानबारे बहसका क्रममा अमित शाहले डा बीआर अम्बेडकरको विरासतका विषयमा भाषण दिएका थिए। उनको त्यो भाषणको एक अंशबारे विवाद भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad