क्यानडाले नयाँ सीमा नियम घोषणा गरेको छ। यसअन्तर्गत देशको अमेरिकी सीमामा नयाँ सुरक्षा उपाय लागू गरिने छ।
नयाँ नियमअनुसार सीमा निगरानीलाई मजबुत बनाइने बीबीसीले जनाएको छ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका बेला क्यानडाले यो घोषणा गरेको हो।
ट्रम्पले क्यानडाविरुद्धको यो शुल्क आप्रवासी र अवैध लागुऔषध रोक्न आवश्यक भएको बताएका छन्।
ट्रम्पको घोषणाले क्यानाडाको अर्थतन्त्रलाई धक्का दिन सक्ने अर्थशास्त्रीहरूको भनाइ छ।
744
Shares

प्रतिक्रिया