अस्ट्रेलियाभन्दा उत्तरपूर्वमा अवस्थित भानुआतुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ। राजधानी पोर्ट भिलामा भूकम्पले पहिरो जानुका साथै कयौँ घर भत्काएको बताइएको छ।
भूकम्पपछि मुलुकभर बिजुली र मोबाइल नेटवर्क बन्द भएको छ। क्षतिको पूर्ण विवरण आइसकेको छैन।
प्रत्यक्षदर्शीले कयौँ घाइते देखेको बताएका छन्।
भूकम्प गइरहने यो मुलुकमा यसपटकको भूकम्प २० वर्षयताकै ठूलो भएको बताइएको छ।
सरकारी प्रसारककले फेसफुक पेजमा राखेको भिडिओमा अस्पतालबाहिर दर्जनौँ मानिसहरु उपचारका लागि पर्खिरहेको देखिएको छ।
सहरमा कयौँ घर भत्किएको बताइएको छ।
दक्षिणी प्रशान्त महासागरमा अवस्थित करिब ८० वटा टापुहरुको मुलुक भानुआतुको जनसंख्या ३ लाख ३४ हजार छ। एजेन्सी
249
Shares

प्रतिक्रिया