ग्लोबल


सिरियाली विद्रोहीले भन्यो- कच्चा तेलको भण्डार भएको पूर्वी सहर कब्जा गर्‍यौँ

सिरियाली विद्रोहीले भन्यो- कच्चा तेलको भण्डार भएको पूर्वी सहर कब्जा गर्‍यौँ

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०८१ बुधबार १३:१८, काठमाडौँ

सिरियाली विद्रोहीले देशको कच्चा तेल भण्डारको पूर्वी सहर दियार अल-जोरलाई आफ्नो नियन्त्रणमा लिएको बताएका छन्। 

बसर अल-असदलाई सत्ताबाट हटाएपछि विद्रोही सेना देशको स्रोतसाधन कब्जामा लागेका छन्।

विद्रोही सेनाको मुख्य इस्लामवादी समूह हयात तहरिर अल-शाम (एचटीएस) का वरिष्ठ कमान्डर हसन अब्दुल-घानीले लडाकुहरूले सहर र यसको सैन्य अखडालाई स्वतन्त्र पारिएको बताएका छन्। 

विद्रोहीले विज्ञप्ति जारी भनेका छन्, ‘हाम्रो सेनाले पूरै दियार अल-जोर सहर कब्जा गरेको छ।’

विश्वभर चलिरहेको युद्धको निगरानी गर्ने बेलायतमा रहेको संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले यसअघि सहर कुर्दिश सेनाको कब्जामा रहेको तर अहिले उनीहरू पछि हटेको बताएको छ।

यस हप्ता कुर्दिश सेनाले पूर्वराष्ट्रपति बसर अल-असदको सेना पछि हटेपछि सहर नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad