ग्लोबल


इजरायलद्वारा सिरियाको सीमाक्षेत्र कब्जा

इजरायलद्वारा सिरियाको सीमाक्षेत्र कब्जा

नेपालखबर
मंसिर २४, २०८१ सोमबार १९:११,

इजरायलले गोलान हाइट छेउछाउका सिरिया नियन्त्रित भूभाग कब्जा गरेको छ। इजरायलले कब्जा गरेको स्थाननजिकका पाँच गाउँका बासिन्दाहरूलाई उसले घरैमा बस्ने आदेश दिएको छ।

सिरियामा बसर अल असदको सत्ता ढलेपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले खुसी हुँदै गोलान हाइटमा पर्ने बफर जोन कब्जा गर्न सेनालाई आदेश दिएको बताएका छन्। 

१९६७ मा सिरियाको गोलान हाइट इजरायलले कब्जा गरेको थियो। १९७४ मा त्यहाँ सैनिकहरू पछि हटेर गैरसैनिक इलाका बनाइएको थियो।

अमेरिकाबाहेक अरु कसैले पनि सो स्थानमा इजरायली अधीनलाई स्वीकारेका छैनन्।

इजरायलले सिरियाभित्र बमबारी पनि गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad