ग्लोबल


युद्धविराम उल्लंघन गर्दै इजरायल र हेजबुल्लाहबीच हानाहान

युद्धविराम उल्लंघन गर्दै इजरायल र हेजबुल्लाहबीच हानाहान

सोमबार इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाह लक्ष्यमा आक्रमण गरेको बताएको छ।


नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १४:३०, काठमाडौँ

इजरायलले सोमबार साँझ लेबनानमा हेजबुल्लाहलाई लक्ष्य गरी आक्रमण गरेको जनाएको छ। हेजबुल्लाहले पनि जवाफमा इजरायली पोस्टमा गोली प्रहार गरेको छ। 

दुवै पक्षले एकअर्कालाई गत हप्ता भएको युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानको दुई गाउँमा इजरायली आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानभरि हेजबुल्लाहको लक्ष्यमा आक्रमण गरेको बताएको छ।

हेजबुल्लाहले इजरायलले कब्जा गरेको इलाकामा रहेको सेनाको चौकीमा गोली प्रहार गरेको प्रतिक्रिया दिएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हेजबुल्लाहको आक्रमणलाई युद्धविरामको गम्भीर उल्लंघन भन्दै इजरायलले कडा प्रतिक्रिया दिने बताएका छन्।

युद्धविराम सम्झौताको घोषणा गर्दा नेतन्याहुले हेजबुल्लाहले सम्झौताका सर्त उल्लंघन गरेमा कारबाही गर्न नहिचकिचाउने बताएका थिए। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad