दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालमाथि शनिबार अपरिचित व्यक्तिले तरल पदार्थ प्रहार गरेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली पुलिसले तरल फ्याँक्ने व्यक्तिलाई हिरासतमा लिएको छ।
अरविन्द केजरीवाल शनिबार साँझ दिल्लीको ग्रेटर कैलाश क्षेत्रमा पदयात्रा गरिरहेका थिए। त्यसपछि अचानक भीडबाट कसैले उहाँमाथि तरल पदार्थ फाले।
आम आदमी पार्टीका नेता तथा दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजले यस घटनाका लागि भाजपालाई दोष दिएका छन्।
उनले भने, ‘भाजपा नेताहरूले हरेक राज्यमा लगातार र्याली र मार्च गर्छन् तर उनीहरूमाथि कहिल्यै आक्रमण हुँदैन। अरविन्द केजरीवालमाथि लगातार आक्रमण भइरहेको छ।’
195
Shares

प्रतिक्रिया