समाज


चर्चित टिकटकर गिभिनाकी आमा दुर्घटनामा बितेकै भोलिपल्ट भाइ पनि मृत फेला

चर्चित टिकटकर गिभिनाकी आमा दुर्घटनामा बितेकै भोलिपल्ट भाइ पनि मृत फेला

नेपालखबर
मंसिर १५, २०८१ शनिबार २१:३६, काठमाडौँ

चर्चित टिकटकर गिभिना मगरका आमा र भाइको एकै रात मृत्यु भएको छ। शुक्रबार साँझ पोखरामा आमा ५५ वर्षीया धनकुमारी बुढालाई ट्रकले ठक्कर दिएको थियो। 

ग २ ख १४६० नम्बरको ट्रकले जेब्राक्रसमा बाटो काट्दै गर्दा ठक्कर दिएपछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालले राति नै मृत घोषणा गर्‍यो। 

अस्पतालमा आमाको मृत्युपछि घर फर्किएका गिभिनाका भाइ २६ वर्षका रामकुमार बुढा पनि मृत फेला परेको पोखरा महानगरपालिकाका प्रवक्ता एवम् वडा नं २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले बताए। 

‘आमा दुर्घटनामा परेपछि अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा आमाको मृत्यु भएपछि साथीहरूसँगै घर फर्किएका थिए। भोलि चाँडै उठ्नुपर्छ भन्दै राति साथीहरूलाई सुत्न पठाएका रहेछन्। पछि आफूले झुण्डिएर आत्महत्या गरेछन्,’ तिम्सिनाले भने। 

गिभिनाले भने भाइ हराएको भन्दै राति टिकटकमा लाइभ आएर जहाँ भए पनि आउन अनुरोध गरेकी थिइन्।

पूर्वी रुकुम घर भएका गिभिनाको परिवार हाल पोखरा महानगरपालिका-२५, याम्दीमा बस्दै आएका छन्। गिभिनाको एक साताअघि मात्रै विवाह भएको थियो। 

उनी सामाजिक सेवामा समेत सक्रिय थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad