पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) ले जेलमा रहेका आफ्ना नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग गर्दै सुरु गरेको आन्दोलन चर्काउँदै लगेको छ।
यसै क्रममा पीटीआई समर्थकहरूको जुलुस मंगलबार इस्लामावादको रेड जोनस्थित डी चोकमा पुगेको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट तुरुन्त रिहा गर्न र पछिल्लो चुनाव रद्द गर्न माग गर्दै खैबर पख्तुनख्वाबाट पीटीआई कार्यकर्ता र समर्थकहरू इस्लामावाद पुगेका हुन्।
आफ्ना माग पूरा नभएसम्म इस्लामावादको डी चोकमा धर्ना जारी रहने घोषणा उनीहरूले गरेको बीबीसी हिन्दीले जनाएको छ।
132
Shares

प्रतिक्रिया