कास्की प्रहरीले नेपाल भ्रमणमा रहेका एक युक्रेनी नागरिकबाट घोरलको सिङ बरामद गरेको छ।
प्रहरीले २१ वर्षीय पेलिप जिल्को भेस्की नामक ती व्यक्तिलाई पोखरा विमानस्थलबाट पक्राउ गरेको हो।
पोखराबाट काठमाडौं जान लागेका उनको झोला चेकजाँच गर्दा दुई चुच्चो जोडिएको घोरलकोजस्तो देखिने सिङ फेला परेको थियो।
प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) मा पठाएको जानकारी दिएको छ।
90
Shares

प्रतिक्रिया