ग्लोबल


झारखण्डमा नयाँ सरकार गठन प्रक्रिया सुरु, हेमन्त सोरेनले दिए राजीनामा

झारखण्डमा नयाँ सरकार गठन प्रक्रिया सुरु, हेमन्त सोरेनले दिए राजीनामा

झारखण्ड विधानसभा चुनावमा हेमन्त सोरेनको पार्टी जेएमएमले सबैभन्दा बढी सिट प्राप्त गरेको छ।


नेपालखबर
मंसिर ९, २०८१ आइतबार १८:४२, काठमाडौँ

भारतीय राज्य झारखण्डमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।

मुख्यमन्त्री हेमन्त सोरेनले राज्यपाललाई राजीनामा बुझाएका छन् र नयाँ सरकार गठनको दाबी पनि पेस गरेका छन्।

पत्रकारलाई सम्बोधन गर्दै उनले भने, ‘महागठबन्धनका तर्फबाट आजबाट नयाँ सरकार गठनको प्रक्रिया थालिएको छ, त्यही प्रक्रियामा आज हामीले राज्यपालसमक्ष राजीनामा बुझाएका छौँ र अर्को सरकार गठनका लागि दाबी पनि प्रस्तुत गरेका छौँ।"

हेमन्त सोरेनले आफूलाई राज्यपालले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको र नयाँ सरकार गठनका लागि आमन्त्रण पनि गरेको बताए।

हेमन्तले भने- हामीले हाम्रा सम्पूर्ण विधायकहरूको समर्थन राज्यपाललाई हस्तान्तरण गरेका छौँ। शपथ कार्यक्रम २८ तारिखका लागि तय भएको छ।

झारखण्ड विधानसभा चुनावको नतिजामा हेमन्त सोरेनको पार्टी जेएमएमले सबैभन्दा बढी सिट प्राप्त गरेको छ।

जेएमएमले ८१ मध्ये ३४ सिट प्राप्त गरेको छ। कंग्रेसले १६ सिट जितेको छ भने भाजपाले २१ सिट जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad