ग्लोबल


महाराष्ट्र र झारखण्डमा मतगणना सुरु, इन्डिया गठबन्धन र एनडीएबीच प्रतिस्पर्धा

महाराष्ट्र र झारखण्डमा मतगणना सुरु, इन्डिया गठबन्धन र एनडीएबीच प्रतिस्पर्धा

नेपालखबर
मंसिर ८, २०८१ शनिबार ८:५१, काठमाडौँ

भारतीय राज्य महाराष्ट्र र झारखण्डमा सम्पन्न विधानसभा चुनावको मतगणना सुरु भएको छ।

महाराष्ट्रमा २८८ विधानसभा सिटका लागि यही नोभेम्बर २० मा एकै चरणमा मतदान भएको थियो भने झारखण्डमा ८१ सिटका लागि नोभेम्बर १३ र २० मा गरी दुई चरणमा मतदान गरिएको थियो।

साथै केरलाको वायनाड लोकसभा सिट र महाराष्ट्रको नान्देड लोकसभा सिट र केही राज्य विधानसभा सिटका लागि पनि उपचुनाव भएको थियो। त्यसको नतिजा पनि आजै आउनेछ।

महाराष्ट्रमा सत्तारुढ महायुती र महाविकास अघाडीबीच प्रतिस्पर्धा छ। झारखण्डमा जेएमएम नेतृत्वको 'इन्डिया' गठबन्धन र भाजपा नेतृत्वको 'एनडीए'बीच प्रतिस्पर्धा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad