ग्लोबल


गौतम अदानीलाई गिरफ्तार गर्न माग गर्दै दिल्लीमा प्रदर्शन

गौतम अदानीलाई गिरफ्तार गर्न माग गर्दै दिल्लीमा प्रदर्शन

बिहीबार गौतम अदानीविरुद्ध बिहीबार भारतीय कंग्रेसको विद्यार्थी संगठनले दिल्लीमा गरेको प्रदर्शन


नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार ८:१६, काठमाडौँ

भारतीय कंग्रेसको विद्यार्थी संगठन नेसनल स्टुडेन्ट्स युनियन अफ इन्डिया (एनएसयूआई) ले बिहीबार अदानी समूहका अध्यक्ष गौतम अदानीविरुद्ध दिल्लीमा प्रदर्शन गरेको छ।

प्रदर्शनका क्रममा एनएसयूआईका कार्यकर्ताहरूले अदानीविरुद्ध नाराबाजी गरेका थिए। ‘अदानीलाई गिरफ्तार गरियोस्’लगायत नारा लेखिएका ब्यानर पनि उनीहरूले बोकेका थिए। 

यसअघि पत्रकार सम्मेलन गर्दै राहुल गान्धीले पनि गौतम अदानीलाई पक्राउ गर्न माग गरेका थिए।

गान्धीले भनेका थिए- प्रधानमन्त्री नरेन्द्र मोदी अदानीको पछाडि उभिएर उनलाई बचाइरहेका छन्।

भारतीय अर्बपति व्यापारी गौतम अदानीविरुद्ध अमेरिकामा ठगीको आरोप लागेको छ।

गौतम अदानीले आफ्नो नवीकरणीय ऊर्जा कम्पनीका लागि २५ करोड डलर घुस दिएको आरोप लागेको हो।

अदानी समूहले बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै आरोप अस्वीकार गर्दै निराधार भएको दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad