ग्लोबल


युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत लेबनानमा

युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत लेबनानमा

फाइल तस्बिर: अमेरिकी विशेष दूत अमोस होचस्टेन


नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १५:३, बेरुत (लेबनान)

अमेरिकी विशेष दूत अमोस होचस्टेन अधिकारीहरूसँग युद्धविराम वार्ता गर्न मङ्गलबार लेबनान आइपुगेका छन्।

हाल अमेरिका र फ्रान्सले इजरायल र हिजबोल्लाहबीच युद्धविरामको नेतृत्व गरेका छन्। सोही सिलसिलामा  होचस्टेन लेवनान आएको स्रोतले जनाएको छ ।  

सन् २०२३ अक्टोबर ७ को आक्रमणबाट गाजामा युद्ध सुरु भएदेखि प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा हिजबुल्लाहले गरेको आक्रमणामा करिब एक वर्षपछि सेप्टेम्बर २३ मा इजरायलले सेना पठाउनुअघि लेबनानमा  हवाई आक्रमण भएको छ।

लेबनानका एक अधिकारीले अमेरिकी युद्धविराम प्रस्तावबारे सरकारको सकारात्मक दृष्टिकोण रहेको बताए भने अर्का अधिकारीले लेबनान उनीसँग निर्धारित बुँदामा समीक्षा गर्न होचस्टेनको आगमनको पर्खाइमा रहेको बताएका छन्। 

लेबनान भ्रमणको जनाकारी गराउँदै अमेरिकी विदेश मन्त्रालयका  प्रवक्ता म्याथ्यु मिलरले  वासिङ्टनले लेबनान र इजरायली सरकारहरूसँग निर्धारित प्रस्तावमा समन्वय गरिरहेको बताएका छन्। 

मिलरले अमेरिकाले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव १७०१ को पूर्ण कार्यान्वयनका लागि दबाब दिइरहेको बताउँदै लेबनानी र राष्ट्रसङ्घीय सेनाबाहेक सबै सेना इजरायलको सिमाना लेबनानबाट फिर्ता लिन आवश्यक रहेको बताएका छन्। 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने सम्झौता भए पनि इजरायलले उक्त समूहलाई पुनर्निर्माण गर्नबाट रोकी हिजबुल्लाहविरुद्ध कारबाही गर्ने बताएका छन्। 

यसअघि एक लेबनानी अधिकारीले अमेरिकी दूत लिसा जोनसनले बिहीबार प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाह सहयोगी संसदीय अध्यक्ष नबीह बेरीसँग उक्त योजनाबारे छलफल गरेको बताएका छन्।

कुनै सहमति भएमा अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्ति जारी गर्ने बताउँदै उनले ६० दिनको युद्धविरामपछि लेबनानले इजरायल नजिकैको दक्षिणी सीमा क्षेत्रमा सेना पुनः तैनाथ गर्ने बताएका छन्। 

लेबनानी अधिकारीहरूले गत वर्षको अक्टोबरमा झडप सुरु भएदेखि यस क्षेत्रमा तीन हजार ५१० भन्दा बढी मानिसको मृत्यु भएको तथा सेप्टेम्बरको अन्त्यदेखि सबैभन्दा बढी मृत्यु भएको बताएका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad