राजनीति


बन्दसत्र सञ्चालन र निर्वाचनबाट नेतृत्व चयन गर्न माग गर्दै अखिल क्रान्तिकारीका नेताहरू आमरण अनसनमा

बन्दसत्र सञ्चालन र निर्वाचनबाट नेतृत्व चयन गर्न माग गर्दै अखिल क्रान्तिकारीका नेताहरू आमरण अनसनमा

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १५:८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै विद्यार्थी नेताहरु अनसन बसेका छन्।

विद्यार्थी नेताहरूले स्थगित बन्दसत्र मंसिरको २३ गते सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार अनसन सुरु गरेका हुन्।

स्थगित बन्दसत्र मंसिर २३ र २४ गते काठमाडौंमा गर्न पार्टीले निर्देशन दिएको भएपनि पछिल्लो समय नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट नभई पार्टीले तोकिदिने बहस सुरु भएको भन्दै अखिल क्रान्तिकारीका निःवर्तमान उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख केशव रावलसहित विद्यार्थी नेताहरूले अनसन सुरु गरेका हुन्।

सम्मेलनको स्थगित प्रक्रिया सुरु गर्न तीन हप्ता समेत बाँकी नरहेको अवस्थामा पार्टीले कुनैपनि प्रकारको सर्कुलर जारी नगर्दा सम्मेलनको बन्दसत्र झन् अनिश्चित भएको अखिल क्रान्तिकारीका निःवर्तमान केन्द्रीय उपाध्यक्ष रावलले बताए।

उनले सम्मेलनको बन्दसत्र मंसिर २३ मै सुरु गर्न र नेतृत्व चयनको कुरा निर्वाचनको माध्यमबाट सुनिश्चित गर्नका लागि आमरण अनसन सुरु गरेको बताए।

उनकाअनुसार स्थगित बन्दसत्रको बाँकी प्रक्रिया पूर्वनिर्धारित समयमै गर्न र नेतृत्व चयन समेत प्रतिनिधिले निर्वाचन प्रक्रियाबाट गर्न अनसनरत विद्यार्थीको माग छ।

उनले भने, ‘सम्मेलनका लागि तीन हप्ताको समय समेत नरहेको अवस्थामा पार्टीले कुनैपनि प्रकारको सर्कुलर जारी गरिसकेपछि सम्मेलनको बन्दसत्र झन अनिश्चित भइसकेपछि हामीले सम्मेलनको बन्दसत्र मंसिर २३ मै सुरु गर्न र नेतृत्व चयनको कुरा निर्वाचनको माध्यमबाट सुनिश्चित गर्नका लागि आमरण अनसन शुरुवात गरेका छौँ।’

पार्टी कार्यालयमा आमरण अनसन बस्नेहरुमा रावलसहित निःवर्तमान केन्द्रीय सदस्य जनक ढुंगाना र निःवर्तमान केन्द्रीय सदस्य खगेन्द्र रावल छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad