अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको लामो दूरीका क्षेप्यास्त्र रुसी सीमाभित्र प्रयोग गर्न अनुमति दिएको छ।
यसबाट खुसी हुँदै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमरिकाप्रति आभार प्रकट गरेका छन्।
जेलेन्स्कीले विज्ञप्ति जारी गर्दै भनेका छन्– हामीलाई हवाई रक्षा प्रणालीमा सहयोग गर्ने हाम्रा साझेदारहरूप्रति म आभारी छु।
उनले साझेदारहरूबाट अझै आवश्यक सुविधा नपाएको तर लक्ष्य प्राप्तिका लागि निरन्तर काम गरिरहेको बताए।
627
Shares

प्रतिक्रिया