ग्लोबल


जापानले २०३० मा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने

जापानले २०३० मा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १३:५१, टोकियो

जापानले सन् २०३० को दशकको सुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहन गर्ने योजना अघि सारेको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार उद्योग मन्त्रालयले उपसमितिको बैठकमा सार्वजनिक गरेको नयाँ लक्ष्यले तेल थोक बिक्रेताहरूलाई आर्थिक वर्ष २०३० सम्ममा १० प्रतिशतसम्म बायोएथेनोल मिश्रित पेट्रोल आपूर्ति सुरु गर्न आग्रह गर्ने लक्ष्य राखेको छ।

मन्त्रालयले यो परिवर्तनलाई कानुनमार्फत अनिवार्य बनाउनेबारे पनि सोचिरहेको बताइएको छ।

“यसबाहेक मन्त्रालयले अर्को ग्रीष्म ऋतुसम्ममा अन्तिम रूप दिने अपेक्षा गरिएको एक कार्य योजना तयार गरिरहेको छ र बायोएथेनोल-मिश्रित इन्धनहरू समायोजित गर्न ग्याँस स्टेसनहरूमा आवश्यक तयारीका लागि सहयोग गर्नेछ,” रिपोर्टमा भनिएको छ।

मकै र उखुबाट बनेको बायोएथेनोलले प्रकाश संश्लेषणको क्रममा कार्बन डाइअक्साइड सोस्छ।

यो प्राकृतिक प्रक्रियाले बायोएथेनोल-मिश्रित इन्धन जलाउँदा उत्पन्न कार्बनडाइअक्साइड उत्सर्जन नियन्त्रण गर्न मद्दत गर्ने विश्वास गरिएको छ।रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad