काठमाडौं विमानस्थलको स्तरोन्नति तथा सीमित उडानले बुद्ध एयरले भैरहवा तथा पोखराबाट अतिरिक्त उडान थालेको छ।
सातामा पोखराबाट नेपालगन्जको तीन उडान हुने गरेकोमा बुद्ध एयरले अब दैनिक थालेको छ।
त्यसैगरी भैरहवाबाट पोखराको लागि दैनिक १ अतिरिक्त उडान थप गरेको छ।
बुद्ध एयरले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको भाडादर बिहान, दिउँसोको दाँजोमा भाडादर घटाएको छ। पोखराको लागि ५ सय, भद्रपुर तथा नेपालगन्जका लागि १ हजार तथा जनकपुरधामका लागि ८ सय रुपैयाँले भाडादर घटाएको छ।
भैरहवामा अन्तर्राष्ट्रिय एयरलाइन्सहरुको उडानले त्यस भेगमा थप आर्थिक चलायमान हुने तथा पर्यटनलाई पनि टेवा पुग्ने बुद्ध एयरको दाबी छ।
यसैगरी काठमाडौं वा पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुद्ध एयरले हरेक फेयरमा २५ किलो लगेज पनि छुट दिएको छ।
Shares

प्रतिक्रिया