ग्लोबल


पाकिस्तान विस्फोटमा मारिनेको संख्या २५ पुग्यो, बलुच लिबरेसन आर्मीले लियो घटनाको जिम्मा

पाकिस्तान विस्फोटमा मारिनेको संख्या २५ पुग्यो, बलुच लिबरेसन आर्मीले लियो घटनाको जिम्मा

घटनास्थल


नेपालखबर
कात्तिक २४, २०८१ शनिबार १३:३२, काठमाडौँ

पाकिस्तानको बलुचिस्तानअन्तर्गत क्वेटा सहरस्थित रेलवे स्टेसनमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुगेको छ।

उक्त हमलाको जिम्मेवारी बलुच लिबरेसन आर्मीले लिएको बीबीसीले जनाएको छ।

विस्फोटमा हालसम्म ४६ जना घाइते भएको बताइएको छ। अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।

पाकिस्तानी प्रहरीका एसएसपी अपरेसन मोहम्मद बलोचले भने- विस्फोट हुँदा करिब १५० देखि २०० मानिस प्लेटफर्ममा जम्मा भएका थिए र रेलको प्रतीक्षा गरिरहेका थिए।

उनले स्टेसनमा सर्वसाधारणसँगै सिपाही पनि जम्मा भएको र विस्फोटमा उनीहरू पनि हताहत भएको बताएका छन्।

बलुचिस्तानका मुख्यमन्त्रीले घटनाको निन्दा गर्दै भने- यस आतंकवादी घटनाका पछाडि जिम्मेवार व्यक्तिहरूलाई छाडिने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad