ad ad

ग्लोबल


क्यानाडाका प्रधानमन्त्रीकी पत्नीलाई कोरोना संक्रमण, प्रधानमन्त्री पनि १४ दिन आइसोलेसनमा

क्यानाडाका प्रधानमन्त्रीकी पत्नीलाई कोरोना संक्रमण, प्रधानमन्त्री पनि १४ दिन आइसोलेसनमा

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार २:५५,

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडुकी श्रीमती सोफीलाई कोरोना संक्रमणको पुष्टी भएको छ। त्यसका कारण प्रधानमन्त्री पनि अब १४ दिनसम्म छुट्टै बस्नुपर्ने भएकाे छ।

कोरोना आशंकामा प्रधानमन्त्री ट्रुडु र उनकी पत्नी सोफी बिहीबारदेखि ‘सेल्फ आइसोलेसन’ मा बसेका थिए।

परीक्षणका रिपोर्टले सोफीलाई कोरोना संक्रमणका लक्षण देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रधानमन्त्री जस्टिन ट्रुडुमा लक्षण नदेखिए पनि चिकित्सकहरूकाे सल्लाहबमाेजिम उनी पनि १४ दिनकाे ‘सेल्फ आइसोलेसन’ मा बस्ने भएका छन्।

‘पूर्वसावधानीका रुपमा र डाक्टरहरुको सुझावअनुसार प्रधानमन्त्री १४ दिनसम्म छुट्टै (आइसोलेसनमा) बस्नेछन्,’ क्यानडाको प्रधानमन्त्री कार्यालयका सूचना निर्देशकले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘डाक्टरकै सुझावअनुसार, यो चरणमा उनको कुनै थप स्वास्थ्य परिक्षण गरिनेछैन किनभने उनमा कुनै लक्षण देखिएको छैन।’

प्रधानमन्त्री ट्रुडुले शुक्रबार (त्यहाँको स्थानीय समयअनुसार) क्यानडाका जनतालाई पछिल्लो अवस्थाबारे संवोधन गर्ने पनि सो वक्तव्यमा उल्लेख गरिएको छ।

दुई दिनअघि लण्डनको एक कार्यक्रममा संबोधन गरेर फर्केपछि सोफीमा हल्का ज्वरो र अन्य मिडफ्लु जस्तै लक्षण देखिएको थियो।

यसैबीच, कोरोना (कोभिड-१९) प्रकोपकै कारण क्यानाडामा भेला सम्मेलन पनि रद्द गरिएको छ।

याे पनि: 
कोरोनाको आशंकामा क्यानडेली प्रधानमन्त्री र श्रीमती घरमै आइसोलेसनमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .