ad ad

कारोबार


श्रम स्वीकृति रोक्ने सरकारको तयारी, आज औपचारिक निर्णय हुने

श्रम स्वीकृति रोक्ने सरकारको तयारी, आज औपचारिक निर्णय हुने

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार २:४३,

सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गर्ने तयारी गरेको छ।

विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले नै कोरोना भाइरसलाई महामारीको रुपमा व्याख्या गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले श्रम स्वीकृति रोक्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्देशन गरेको हो।

(शुक्रबार) यस विषयमा औपचारिक निर्णय हुने श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवले जानकारी  दिए।

‘श्रम स्वीकृति नदिने निर्णय भैसकेको छैन,’ श्रममन्त्री रामेश्वर राय यादवले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘यस विषयमा आज औपचारिक निर्णय गर्छौं। उच्च स्तरिय समितिले हिजो श्रम स्वीकृति रोक्न भनेको छ। मन्त्रालयले यस विषयमा आज औपाचारिक निर्णय गर्छ।’

अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको छ।

त्यसैगरी विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गर्ने निर्णय गरिसकेको छ।

यसअघि नै भिसा लिइसकेका विदेशी नागरिकले भने नेपालको अध्यागमन विन्दुमा आईपुग्ने मितिभन्दा सात दिनभित्रको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .