ग्लोबल


दोस्रोपटक पनि महिला उम्मेदवार हराएर ट्रम्प राष्ट्रपति

दोस्रोपटक पनि महिला उम्मेदवार हराएर ट्रम्प राष्ट्रपति

फाइल तस्बिर: हिलारी क्लिन्टन, डोनाल्ड ट्रम्प र कमला ह्यारिस


नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १८:१९, काठमाडौँ

औपचारिक घोषणा हुन बाँकी भए पनि कमला ह्यारिसलाई हराउँदै डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेका छन्।  

अमेरिकी सञ्चारमाध्यमहरूले अर्को स्विङ स्टेट विस्कन्सिन ट्रम्पले नै जित्ने प्रक्षेपण गरेका छन्। यससँगै उनले बहुमत २७० इलेक्टोरल मत कटाएका छन्। 

विस्कन्सिनमा पनि विजयी भएपछि उनी अमेरिकाको ४७औँ राष्ट्रपति बन्ने पक्का भएको छ। 

संयोग कस्तो परेको छ भने ट्रम्प आठ वर्षअघि पनि महिला उम्मेदवार नै हराएर पहिलोपटक अमेरिकाको राष्ट्रपति बनेका थिए।

सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराउँदै ट्रम्प पहिलोपटक अमेरिकाको सर्वाेच्च पदमा पुगेका थिए। अहिले पनि फेरि महिला उम्मेदवार कमला ह्यारिसलाई हराएर उनी राष्ट्रपति बनेका हुन्।

तर सन् २०२० मा भने ट्रम्पले चुनाव हारे, जतिबेला जो बाइडेन विजयी भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad