ग्लोबल


विजय घोषणा गर्दै ट्रम्पले भने : देशलाई निको पार्न सहयोग गर्छु

विजय घोषणा गर्दै ट्रम्पले भने : देशलाई निको पार्न सहयोग गर्छु

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १३:४०,

जितको नजिक पुगेका डोनाल्ड ट्रम्पले फ्लोरिडाको पाम बिचमा भेला भएका समर्थकलाई सम्बोधन गरेका छन्। 

परिवारका सदस्य र उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्ससहित मञ्चमा आएका उनले आफूलाई चुनेकोमा मतदातालाई धन्यवाद दिए।

उनको जितको घोषणा भइसकेको छैन। यद्यपि, सम्बोधनलाई उनले विजय भाषणका रुपमा उपयोग गरेका छन्।

‘तपाईंहरुको ४७ औँ र ४५ औँ राष्ट्रपति चुनिने असाधारण मौका दिनुभएकोमा म अमेरिकी जनतालाई धन्यवाद दिन्छु,’ उनले भने, ‘हामी हाम्रो देशलाई निको पार्न सघाउने छौँ।’

आफूले निकै ठूलो राजनीतिक जित प्राप्त गरेको बताउँदै ट्रम्पले अबको युग अमेरिकाको सुनौलो युग हुने दाबी पनि गरे। 

उनले पत्नी मेलानिया र छोराछोरीलाई पनि धन्यवाद दिँदै भने, ‘उनले राम्रो काम गरिन्। मानिसलाई सघाउन निकै मेहनत गर्छिन्।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad