केमी ब्याडनोक शनिबार बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेता बनेकी छन्।
बीबीसीका अनुसार केमी ब्याडनोकले कन्जरभेटिभ पार्टीलाई आफ्नो मूल सिद्धान्तमा फर्काउने वाचा गरेकी छन्।
४४ वर्षकी केमी ब्याडनोक ब्रेक्सिटको कडा समर्थक हुन्। उनी आप्रवासी मुद्दा र ट्रान्स समुदायका अधिकारमा खुला विचार र कडा अडानका लागि परिचित छिन्।
यसअघि यो पद बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकसँग थियो। जसको नेतृत्वमा कन्जरभेटिभ पार्टीले सन् १८३२ को जुलाईमा सबैभन्दा खराब प्रदर्शन गरेको थियो।
सन् २०२४ को चुनावमा कन्जरभेटिभ पार्टीले २०० भन्दा बढी सिट गुमाएको थियो।
150
Shares

प्रतिक्रिया